मेची भन्सार कार्यालयमा ६६ करोडको सामग्री बरामद

  २०८१ कार्तिक २४ गते १४:१७     विकासन्युज

काठमाडौं । मेची भन्सार कार्यालयले एक दशकमा चोरी पैठारी र निकासी भएको ६६ करोड १३ लाख ८ हजार ८२५ रुपैयाँ बराबरको मालवस्तु बरामद गरेको छ । उक्त मूल्य बराबर मालवस्तु आव २०७१÷७२ देखि आव २०८०÷८१ सम्मको बरामद भएको हो ।

भन्सार कार्यालयका अनुसार चोरी पैठारी हुने मुख्य मालवस्तुमा रेडिमेड कपडाअन्तर्गत सारी, कुर्ती थान कपडासमेत गरी भाडा वर्तन, किराना सामग्री, मोबाइल, सुर्ती÷खैनी रहेका छन् ।

निकासीतर्फ गाई, बाछा, बाख्रा, सुपारी रहेका छन् । यसरी बिल बिजक नभएका निकासी पैठारी भएका मालवस्तु नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सार कार्यालयले बरामद गरेको कार्यालयका नायब सुब्बा किशोर आचार्यले बताए ।

‘यसरी चोरी निकासी र पैठारी भएको मालवस्तुसँग सम्बन्धित गत एक दशकको समयमा ५ हजार १८३ वटा भन्सार कार्यालयमा मुद्दा दर्ता भएका छन्,’ उनले भने ।

प्रमुख भन्सार अधिकृत राजेन्द्रप्रसाद चुडालका अनुसार तिहारको समयमा भन्सारबाट प्लास्टिकका माला तथा पूmल ल्याउन पूर्ण रुपमा प्रतिबन्ध लगाए पनि बजारमा सबैतिर उपलब्ध थिए ।

‘भन्सारबाट एउटा प्लास्टिकको माला पनि नआउँदा बजारमा कहाँबाट त्यति ठूलो परिणाममा माला आयो यो सबै अवैध रुपमा पैठारी भएको हो,’ उनले भने ।

भारतसँगको खुला सीमाका कारण दैनिक रुपमा मालवस्तु अवैध रुपमा निकासी पैठारी हुने गरेको प्रमुख भन्सार अधिकृत चुडालको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.