लक्ष्मी सनराइजको लाभांश घोषणा, ७ करोड ७१ लाख नगद दिने

  २०८१ कार्तिक २४ गते १८:२१     विकासन्युज

काठमाडौं । लक्ष्मी सनराइज क्यापिटलले लाभांश घोषणा गरेको छ । क्यापिटलको कात्तिक २३ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीलेले गत आर्थिक वर्ष २०८०/८१ को सञ्चित नाफाबाट सेयरधनीहरूलाई करसहित ७ करोड ७१ लाख ९४ हजार ७३६ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

लाभांश पारित गर्न कम्पनीले मंसिर १६ गते दिउसो ३ बजे लक्ष्मी कम्प्लेक्स हात्तिसार काठमाडौंमा १४औँ वार्षिक साधारण सभा आह्वान गरेको छ ।

कम्पनीको सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८१ असारसम्मको वासलात, हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वार्षिक वित्तीय विवरण र आर्थिक वर्ष २०८१/८२ को लागि लेखापरीक्षकको नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.