२०८१ कार्तिक २५ गते १०:३४ विकासन्युज
काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार ५० अर्ब रुपैयाँ खिच्ने भएको छ । बैंकिङ प्रणालीमा तरलता अधिक भएपछि केन्द्रीय बैंकले ५० अर्ब तान्न लागेको हो ।
निक्षेप संकलन उपकरण बोलकबोलको माध्यमबाट उक्त रकम खिच्न लागिएको केन्द्रीय बैंकले जनाएको छ । बोलकबोलमा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरू मात्र सहभागी हुन पाउने छन् ।
निक्षेप संकलनको बोलकबोलमा निक्षेपवापत जम्मा गर्न चाहेको रकम र ब्याजदर उल्लेख गर्नु पर्नेछ । यसरी तानिएको रकमको साँवा र ब्याज एकमुष्ठ रूपमा राष्ट्र बैंकले मंसिर १६ गते भुक्तानी दिनेछ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.