२५ वर्षअघि ११ र १२ कक्षामा फेल भएका विद्यार्थीले मौका परिक्षा दिन पाउने

  २०८१ कार्तिक २५ गते १०:५८     विकासन्युज

NEB

काठमाडौं । २५ वर्षअघि ११ र १२ कक्षामा भर्ना भएर परीक्षामा सहभागी भई फेल भएका विद्यार्थीले मौका परिक्षा दिन पाउने भएका छन् ।

राष्ट्रिय परीक्षा बोर्डले ०५६ देखि यता कक्षा ११ र १२ को परीक्षामा सहभागी भएर अनुत्तीर्ण भएका, डी र ई ग्रेड प्राप्त गरेका र अनुपस्थित भएका विद्यार्थीलाई मौका परीक्षा लिन लागेको जनाएको छ ।

परीक्षा दिएर फेल भएका र परीक्षामा अनुपस्थित भएकाले पनि आउँदो वैशाखमा हुने परीक्षा दिन पाउने भएका छन् । कक्षा १२ का लागि रजिस्ट्रेसन नम्बरको सुरुका दुई अंक ५६ वा सोभन्दा बढी र ७७ वा सोभन्दा कम तथा कक्षा ११ का लागि ५६ वा सो भन्दा बढी र ७६ वा सो भन्दा कम भएकालाई अन्तिम एक पटकका मौका दिइने छ ।

परीक्षामा सहभागी हुन चाहने परीक्षार्थीहरूले मंसिर २७ गतेभित्र आफू पढेको विद्यालय मार्फत परीक्षा आवेदन दिन सक्ने भएका छन् । बोर्डका अनुसार परीक्षार्थीले हरेक कक्षाको एक हजार रुपैयाँ परीक्षा शुल्क तिर्नु पर्ने छ ।

कक्षा ११ र १२ दुवैको परीक्षा दिने हो भने दुई हजार रुपैयाँ तिर्नु पर्ने हुन्छ । त्यस्तै प्रयोगात्मक विषय मात्र बाँकी छ भने एक हजार तिर्नु पर्ने हुन्छ । परीक्षा आवेदन फाराम भर्ने परीक्षार्थीहरूले पुरानो पाठ्यक्रमअनुसार परीक्षामा सहभागी हुनु पर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.