अनाधिकृत रुपमा बनाइएका सहकारी बोर्ड भवनको पर्खाल भत्काइयो

  २०८१ कार्तिक २५ गते १३:०५     विकासन्युज

काठमाडौं । ललितपुरको हरिहर भवनस्थित राष्ट्रिय सहकारी विकास बोर्ड भवनमा अनाधिकृत रुपमा बनाइएको पर्खाल भत्काइएको छ । जिल्ला अदालत, उच्च अदालत र सर्वोच्च अदालतले समेत सो पर्खाल अनाधिकृत रुपमा बनाएको फैसला सुनाएपछि ललितपुर महानगरपालिकाले आईतवार बिहान डोजरले सो भवनको सडकतिरको पर्खाल भत्काएको हो ।

२०७३ साल पुस १८ गते अनाधिकृत रुपमा बनाइएको सो भवनको पर्खाल सर्वोच्च अदालतले समेत भत्काउने आदेश दिएपछि आज डोजर चलाएर भत्काइएको नगरप्रहरी प्रमुख सीताराम हाछेथूले जानकारी दिए ।

उनले भने, ‘२०७३ साल पुस १८ गते राष्ट्रिय सहकारी विकास बोर्डले यो अनधिकृत रुपमा बनाएकाले ललितपुर उपमहानगरपालिकाको तत्कालीन उपमहानगरपालिकाको निर्णयअनुसार अहिलेसम्म विभिन्न कारणले मुद्दाहरु हाल्यो ।’

सो अनाधिकृत रुपमा भत्काइएको पर्खाल भत्काउने क्रममा ठूलो संख्यामा नगर प्रहरी परिचालन गरिएको थियो । यसैबीच स्थानीयवासीले पनि सो बोर्ड भवनले आफूहरुको घर जाने सडक समेत मिच्ने काम गरेको भन्दै असन्तुष्टि जनाएका छन् । स्थानीय सरला राजभण्डारीले बोर्ड भवनले आफूहरुको घर जाने सडक बाटो समेत भिचेको दाबी गर्दै आफूहरुमाथि न्याय गर्न ललितपुर महानगरपालिकालाई अनुरोध गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.