२०८१ कार्तिक २५ गते १३:४७ विकासन्युज
काठमाडौं । स्वास्थ्य मन्त्रालयले कर्मचारीको जिम्मेवारी हेरफेर गरेको छ । गत शुक्रबार मन्त्रीस्तरीय निर्णयबाट दशौँ र एघारौ तहका कर्मचारकाे जिम्मेवारी हेरफेर गरेको हाे ।
स्वास्थ्य मन्त्रालयका अनुसार केही समय अघि स्वास्थ्य सेवा विभागबाट शहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा सरुवा डा.अनुप बास्तोला मन्त्रालय ल्याइएको छ । उनलाई मन्त्रालयमै विशेष जिम्मेवारी दिइने भएको छ । यस्तै स्वास्थ्य सूचना तथा सञ्चार केन्द्रमा कार्यरत डा भक्त केसी मन्त्रालयको समन्वय महाशाखामा सरुवा भएका छन्। डा केसीको ठाउँमा उपेन्द्र ढुंगानालाई सरुवा गरिएको छ ।
गेटा अस्पतालको नेतृत्वको जिम्मेवारी पनि हेरफेर भएको छ । त्यहाँ कार्यरत डा विप्लव सापकोटाको स्थानमा सेती प्रादेशिक अस्पतालमा कार्यरत डा अशोक श्रीपाइलीलाई पठाइएको छ । डा सापकोटालाई त्यही राखिएको छ । आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको समेत नेतृत्व समेत सम्हालिरहेका सिंहदरबार वैद्यखानाका निर्देशक डा प्रदीप केसीलाई वैद्यखानामै केन्द्रीत गर्ने निर्णय गरिएको छ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.