२०८१ कार्तिक २५ गते १५:४३ विकासन्युज
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अंकको वृद्धि देखिँदा करिब १० अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार नेप्से परिसूचक ६२.५४ अंकको वृद्धि पछि दुई हजार सात सय ३८.०६ को अंकमा कायम भएको हो ।
तीन सय २५ कम्पनीको दुई करोड २४ लाख ७४ हजार दुई सय ८१ कित्ता सेयर एक लाख छ सय ५१ पटक खरिदबिक्री हुँदा नौ अर्ब ७७ करोड ११ लाख २४ हजार ७३ रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार जलविद्युत् समूहको उपसूचकमा सबैभन्दा बढी ४.२६ प्रतिशतको वृद्धि देखिएको छ ।
बैंकिङ एक दशमलव ६२, विकास बैंक २.७१, वित्त २.४८, होटल तथा पर्यटन ०.९६ र लगानी समूह २.५६ प्रतिशतले बढेको छ । जीवन बिमा २.१६, उत्पादन तथा प्रशोधन २.३२, लघुवित्त १.५१, म्युचुअल फण्ड शून्य दशमलव ६२, निर्जीवन बिमा १.९५, व्यापार १.१५ र अन्य समूह २.५२ प्रतिशतले बढेको छ ।
गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड, सृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेड र सुपरमादी हाईड्रोपावर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी सानिमा ग्रोथ फण्डको सेयर मूल्य ६.७६ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा बढी सानिमा जिआइसी इन्स्योरेन्स लिमिटेडको ३८ करोड चार लाख ३७ हजार रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै, कारोबार भएका सेयर सङ्ख्याका आधारमा भने सबैभन्दा बढी हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी प्रमोटर सेयर १० लाख ४७ हजार ३५ कित्ता सेयर किनबेच भएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.