रविलाई थप १३ दिन हिरासतमा राख्न अदालतको अनुमति

  २०८१ कार्तिक २५ गते १६:०४     विकासन्युज

काठमाडौं । रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

आइतबार कास्की अदालतका न्यायाधीश नवराज दाहालको एकल इजलासले लामिछानेलाई थप १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

जिल्ला अदालतले रविमाथि अनुसन्धान गर्न दिएको १० दिनको म्याद सकिएसँगै उनलाई आज फेरि अदालतमा उपस्थित गराइएको थियो ।

सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेलाई प्रहरीले ९० दिन हिरासतमा राखेर अनुसन्धान गर्ने योजना बनाएको छ ।

सूर्यदर्शन सहकारी ठगीमा प्रकाउ परेका गोर्खा मिडियाका पूर्वप्रबन्ध निर्देशक समेत रहेका लामिछाने र छवि जोशीसहितलाई आज अदालत पेस गरिएको थियो ।

पोखराको सूर्यदर्शन सहकारीको ६५ करोड रुपैयाँ गोर्खा मिडियामार्फत अपचलन गरेको अभियोगमा उनलाई सहकारी ठगी तथा संगठित अपराधको मुद्दा लगाइएको छ । सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिइसकेको छ ।

लामिछाने कात्तिक २ गते काठमाडौंस्थित पार्टीको केन्द्रीय कार्यालयबाट पक्राउ परेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.