१ करोड २२ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत

  २०८१ कार्तिक २६ गते १६:२७     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्सचेन्स (नेप्से)मा सोमबार १ करोड २२ लाख बढी कित्ता सेयर सूचीकृत भएको छ । विभिन्न ३ कम्पनीको १ करोड २२ लाख ७८ हजार ५०० कित्त सेयर सोमबार नेप्सेमा सूचीकृत भएको हो ।

जसमध्ये आखु खोला जलविद्युत कम्पनीको १ करोड २० लाख कित्ता हकप्रद सेयर सोमबार सूचीकृत भएको हो । यसैगरी, कर्पोरेट डेमलपमेन्ट बैंकको २ लाख ५० हजार कित्ता बोनस सेयर र समाज लघुवित्त वित्तीय संस्थाको २८ हजार ५०० कित्ता बोनस सेयर सोमबार नेप्सेमा सूचीकृत भएको हो ।

सेयर सूचीकृत भएसँगै डिम्याट खातामा आएपछि खरिद बिक्रि गर्न सकिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.