ट्रम्प निर्वाचित भएसँगै अमेरिकी डलर निरन्तर बलियो बन्दै, फेरी बनायो नयाँ रेकर्ड

  २०८१ कार्तिक २७ गते ६:५५     विकासन्युज

काठमाडौं । अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै डलरको मूल्य निरन्तर उकालो लागेको छ । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलरको मूल्य एकको खरिदर १३४.७४ रुपैयाँ र बिक्रीदर १३५.३४ रुपैयाँ तोकेको छ । जुन मूल्य हालसम्मकै उच्च हो ।

आज युरोपियन यूरोको एकको खरिदर १४३.६५ रुपैयाँ र बिक्रीदर १४४.२९ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७३.५५ रुपैयाँ र बिक्रीदर १७४.३२ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५३.२४ रुपैयाँ र बिक्रीदर १५३.९३ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८८.६७ रुपैयाँ र बिक्रीदर ८९.०६ रुपैयाँ तोकेको छ ।

यस्तै, क्यानेडियन डलर एकको खरिददर ९६.७१ रुपैयाँ र बिक्रीदर ९७.१४ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १०१.१५ रुपैयाँ र बिक्रीदर १०२.६० रुपैयाँ, जापानी येन १० को खरिददर ८.७७ रुपैयाँ र बिक्रीदर ८.८० रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १८.७२ रुपैयाँ र बिक्रीदर १८.८० रुपैयाँ तोकेको छ ।

राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.८७ रुपैयाँ र बिक्रीदर ३६.०३ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.९७ रुपैयाँ र बिक्रीदर ३७.१३ रुपैयाँ, थाई भाट एकको खरिददर ३.९२ रुपैयाँ र बिक्रीदर ३.९३ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.६८ रुपैयाँ र बिक्रीदर ३६.८५ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३०.५५ रुपैयाँ र बिक्रीदर ३०.६९ रुपैयाँ तोकेको छ ।

यस्तै साउथ कोरियन वन एक सयको खरिदद ९.६४ रुपैयाँ र बिक्रीदर ९.६८ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२.३९ रुपैयाँ र बिक्रीदर १२.४४ रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १९.२७ रुपैयाँ र बिक्रीदर १९.३५ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.३३ रुपैयाँ र बिक्रीदर १७.४१ रुपैयाँ, कुवेती दिनार एकको खरिददर ४३८.५५ रुपैयाँ र बिक्रीदर ४४०.५० रुपैयाँ र बहराइन दिनार एकको खरिददर ३५७.५० रुपैयाँ र बिक्रीदर ३५९.०९ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.