ग्लोबल आइएमई लघुवित्तको नाफा १९ प्रतिशत बढ्यो, खराब कर्जा पनि घट्यो

  २०८१ कार्तिक २७ गते ८:३४     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासमा ४ करोड ४ लाख ७७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा लघुवित्तले ३ करोड ४० लाख ७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत वर्षको तुलनामा लघुवित्तको नाफा १९ प्रतिशत बढेको देखिन्छ ।

चालु आवको तीन महिनामा लघुवित्तले १३ करोड ७१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा लघुवित्तले १५ करोड ५७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

गत असोजसम्म लघुवित्तले २ करोड २२ लाख रुपैयाँ नेट फि एण्ड कमिसन इनकम, १५ करोड ९४ लाख रुपैयाँ कुल सञ्चालन आम्दानी र ५ करोड ७८ लाख रुपैयाँ सञ्चालन नाफा गरेको छ । यसअवधिमा लघुवित्तको वितरणयोग्य नाफा २४ लाख ५२ हजार रुपैयाँ छ ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पुँजी ६१ करोड ८९ लाख रुपैयाँ, सञ्चित नाफा ५४ करोड ३४ लाख रुपैयाँ रहेको छ । यस्तै, लघुवित्तले असोजसम्म ३ अर्ब १२ करोड ६४ लाख रुपैयाँ निक्षेप संकलन गरी ९ अर्ब ८४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

नाफा बढेसँगै लघुवित्तको प्रतिसेयर आम्दानी २१.९८ रुपैयाँबाट बढेर २६.१६ रुपैयाँ पुगेको छ । लघुवित्तको प्रतिसेयर नेटवर्थ १८७.८० रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ५०.४६ गुणा रहेको छ ।

यस्तै, लघुवित्तको खराब कर्जा ४.७६ प्रतिशतबाट घटेर ४.३५ प्रतिशतमा झरेको छ । लघुवित्तको लागत ८.१० प्रतिशत छ भने आधार दर १३.५३ प्रतिशत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.