२०८१ कार्तिक २७ गते १२:३५ विकासन्युज
काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षयमा विजय मान नकर्मी नियुक्त भएका छन् ।
कार्तिक २६ गते बसेको संस्था सञ्चालक समितिको बैठकले अध्यक्षको पदमा नकर्मीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
यस अघि वित्तीय संस्थामा अध्यक्ष रहिसकेका उनले हिमालयन बैंकबाट बैंकिङ सेवा सुरु गरी करिब ३२ वर्ष देखि बैंकिङ क्षेत्रमा योगदान गर्दै हाल बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतको भूमिकामा छन् ।
‘यस वित्तीय संस्थाको कार्तिक २६ गते सोमबार बसेको सञ्चालक समितिको २३५ औं बैठकले विजय मान नकर्मीलाई सञ्चालक समितिको अध्यक्षको पदमा सर्वसम्मत रुपमा चयन गरेको हो,’ नेप्सेको मंगलबार जारी गरेको सूचनामा भनिएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.