२०८१ कार्तिक २७ गते १७:२७ विकासन्युज
काठमाडौं । २ धितोपत्र व्यापार (स्टक डिलर)सहित ९२ वटा धितोपत्र दलाल (ब्रोकर) कम्पनीले सदस्यता नवीकरण गरेका छन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले २ वटा स्टक डिलर र ९० वटा ब्रोकर कम्पनीको सदस्यता नवीकरण गरेको जनाएको छ ।
नेप्सेले चालु आर्थिक वर्ष २०८१/८२ का लागि स्टक डिलर र ब्रोकर कम्पनीको सदस्यता नवीकरण गरेको जनाएको छ । धितोपत्रको दोस्रो बजारमा सेयर कारोबार (खरिद र बिक्री) गर्न नेप्सेबाट २०८१ असोज मसान्तसम्म स्टक डिलर र ब्रोकर कम्पनीले सदस्यता नवीकरण गरेका हुन् ।
नेप्सेका अनुसार धितोपत्र व्यापारी (स्टक डिलर) संस्था नागरिक स्टक डिलर कम्पनी र नबिल स्टक डिलरले आफ्नो सदस्यता नवीकरण गरेका हुन् । यस्तै, समित कार्य गर्ने ब्रोकर ८८ वटा र पूर्ण कार्य गर्ने ब्रोकर २ वटा रहेका छन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.