डोनाल्ड ट्रम्पले मस्कलाई ‘ग्रेट एलन मस्क’ भन्दै दिए महत्वपूर्ण पद उपहार, सरकारी खर्च कटौतीमा सहयोग गर्ने

  २०८१ कार्तिक २८ गते १०:२६     विकासन्युज

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एलन मस्कलाई ‘डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसिन्सी’ (डिओजीई) प्रमुख पदमा नियुक्त गरेका छन् । आफूलाई चुनावमा ठूलो सहयोग गरेका मस्कलाई उनले सो पद उपहार दिएका हुन् ।

उनले अब ट्रम्प नेतृत्वको सरकारलाई सरकारी खर्च कटौती र दक्षता सुधार गर्नमा सहयोग गर्नेछन् । विज्ञप्तिमा ट्रम्पले एलन मस्कलाई ‘ग्रेट एलन मस्क’ को उपमा दिएका छन् ।

मस्क नेतृत्वको ‘डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसिन्सी’ (डिओजीई)मा भारतीय मुलका विवेक राधास्वामीलाई पनि ट्रम्पले नियुक्त गरेका छन् ।

ट्रम्प खर्च कटौतीका लागि अनावश्यक सरकारी विभाग र एजेन्सीहरुलाई बन्द गर्नुपर्ने र अप्रासंगिक नियमकानुन संशोधनको तयारीमा छन् । त्यसलाई ट्रम्पले ‘सेभ अमेरिका’ नाम दिएर अभियान चलाउने छन् । ट्रम्पको यही अभियानलाई अब एलन मस्क र विवेक रामास्वामीले सघाउने छन् ।

यस्तो छ विज्ञप्ति

म यो कुरा घोषणा गर्न पाउँदा खुसी छु । ग्रेट एलन मस्क र अमेरिकी राष्ट्रप्रेमी विवेक रामास्वामी मिलेर सरकारी दक्षता विभागको नेतृत्व गर्नुहुनेछ । यी दुई अमेरिकनहरूले मेरो प्रशासनलाई सरकारी प्रशासनिक जटिलता हटाउन, अनावश्यक नियमहरू घटाउन, फजुल खर्च कटौती गर्न, र संघीय एजेन्सीहरूको पुनर्संरचना गर्न मार्गदर्शन गर्नेछन् ।

यो हाम्रो समयको सम्भावित ‘म्यानह्याटन प्रोजेक्ट’ बन्नेछ । रिपब्लिकन राजनीतिज्ञहरूले लामो समयदेखि डीओडीजीईका उद्देश्यहरूको सपना देख्दै आएका छन् । यस किसिमको ठूलो परिवर्तन गर्न, सरकारी दक्षता विभागले सरकारी प्रणालीबाहिरबाट सुझाव र मार्गदर्शन दिनेछ, र ह्वाइट हाउस तथा व्यवस्थापन र बजेट कार्यालयसँग मिलेर ठूला संरचनात्मक सुधारहरू ल्याउन र सरकारमा एउटा नयाँ उद्यमशील दृष्टिकोण स्थापित गर्न साझेदारी गर्नेछ ।

म एलन र विवेकलाई संघीय प्रशासनमा दक्षता ल्याउन र सबै अमेरिकनहरूको जीवनलाई राम्रो बनाउन सहयोग गर्ने आशा गर्छु । मुख्य रूपमा हामी वार्षिक ६.५ ट्रिलियन डलरको सरकारी खर्चमा रहेको ठूलो फजुल खर्च र भ्रष्टाचार हटाउन दृढ छौं । यी दुई जना मिलेर हाम्रो अर्थतन्त्रलाई एउटा दिहा दिनेछन् ।

उनीहरूको कार्यकाल ४ जुलाई २०२६ सम्म रहनेछ । एउटा सानो र दक्ष सरकार, कम प्रशासनिक जटिलता सहित, स्वतन्त्रता घोषणाको २५०औं वार्षिकोत्सवमा अमेरिकालाई उत्तम उपहार हुनेछ । मलाई विश्वास छ, उनीहरू सफल हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.