२०८१ कार्तिक २८ गते १०:५६ विकासन्युज
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालकमा आशिष कुमार अग्रवाल नियुक्त भएका छन् ।
कार्तिक २७ गते बसेको संस्था सञ्चालक समितिको बैठकले सञ्चालकको पदमा अग्रवाललाई नियुक्त गर्ने निर्णय गरेको हो ।
‘यस कम्पनीका संस्थापक सेयरधनी पुजा इन्टरनेशनल नेपालका प्रतिनिधी आशिष कुमार अग्रवाललाई कार्तिक २७ गते देखि लागु हुने गरी सञ्चालकमा नियुक्त गरेका छौं’, नेप्सेको सूचनामा उल्लेख गरिएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.