मेटल उद्योगमा ५ अर्ब डलर लगानी गर्ने अडानीको योजनापछि भारतीय कर्पोरेट क्षेत्रमा हंगामा

  २०८१ कार्तिक २८ गते ११:०५     विकासन्युज

काठमाडौं । भारतको दोस्रो धनी र अडानी ग्रुपका अध्यक्ष गौतम अडानी मेटल उद्योगमा ठूलो लगानी गर्न लागेका छन् । उनले मेटल उद्योगमा ५ अर्ब अमेरिकी डलर अर्थात ४२ हजार करोड रुपैयाँ भारतीय रुपैयाँ लगानी गर्न लागेका हुन् ।

उनको यो कदमले टाटा, बिड़ला र वेदांता जस्ता ठूला व्यावसायिक समूहहरूमा खलबली मच्चिएको छ । अडानीको यो मेटल व्यवसायमा खनिज उत्खनन, प्रशोधन तथा तामा, फलाम, इस्पात र आल्मुनियम उत्पादनमा केन्द्रित गरिने उल्लेख छ ।

यसका लागि अडानी ग्रुपले आगामी ३ देखि ५ वर्षभित्र यो क्षेत्रमा ५ अर्ब अमेरिकी डलर खर्च गर्नेछ । भारतीय सञ्चार माध्यमका अनुसार कुल लगानीमध्ये २ अर्ब अमेरिकी डलर तामामा खर्च हुनेछ । अडानी ग्रुपको यो लगानीले वेदांता, आदित्य बिड़ला समूहको हिंडाल्को र टाटाजस्ता भारतीय ठूला व्यावसायिक घरानालाई ठूलो चुनौती हुने बताइएको छ ।

अडानी ग्रपले गत मार्चमा ५०० केटीपीए (किलोटन प्रति वर्ष) क्षमता भएको स्मेल्टरसहित आफ्नो तामा उत्पादनको उद्योग सञ्चालन गरिसकेको छ । अडानी ग्रुपले अन्य मेटलहरू आल्मुनियम र स्टिल लगायतमा लगानी बढाउने योजना बनाएको छ ।

यो समूहले ओडिशाको रायगढमा एउटा आल्मुनियम रिफाइनरी र एउटा कैप्टिभ पावर प्लान्ट निर्माणको अनुमति पाइसकेको छ । अब छिट्टै काम सुरु गर्ने यो समुहको तयारी छ । यसअघि अडानी ग्रुपले आफ्नो सहायक कम्पनी मुन्द्रा आल्मुनियम लिमिटेडअन्तर्गत एउटा आल्मुनियम. रिफाइनरी स्थापना गर्ने योजना पनि बनाएको छ ।

भारतको वेदांता ग्रुप आल्मुनियम, जस्ता र फलाम लगातय मेटल उद्योगमा परिचित नाम हो । हिंडाल्को पनि तामा र आल्मुनियममा प्रख्यात उद्योग हो । टाटा ग्रुप स्टील र जेएसडब्लू स्टील फलाम र इस्पात क्षेत्रमा अगाडि छ । यी सबै व्यावसायिक समूह अडानीको प्रवेशले त्रसित छन् ।

अडानीको लक्ष्य के हो ?

अडानीको लक्ष्य मेटल उद्योगमा लगानी बढाउने हो । यो क्षेत्रमा यो व्यावसायिक ग्रुपले लगानी गरेको छैन । केही समयअघि मात्र यस ग्रुपले अम्बुजा सिमेन्ट्स लिमिटेड र एसीसी लिमिटेडको अधिग्रहण गरेर सिमेन्ट क्षेत्रमा प्रवेश गरेको थियो ।

मेटल क्षेत्रमा गरिएको नयाँ लगानी अडानीको रणनीतिक योजनाको रुपमा हेरिएको छ । यसले समूहका हरित ऊर्जा र आधारभूत पूर्वाधार परियोजनाहरूका लागि आन्तरिक खपत सुनिश्चित गर्न सहयोग पु¥याउने उल्लेख गरिएको छ । भारतीय सञ्चार माध्यमको सहयोगमा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.