स्टक ब्रोकर र धितोपत्र ब्रोकर एशोसिएसन मर्ज हुने, नाम के रहन्छ ?

  २०८१ कार्तिक २८ गते १४:२९     विकासन्युज

काठमाडौं । धितोपत्र दलाल व्यवसायी (ब्रोकर) का दुई वटा संठगन एक आपसमा मर्ज हुने भएका छन् । नयाँ ब्रोकर कम्पनी सञ्चालनमा आएपछि ब्रोकर व्यवसायीहरूका दुई छुट्टाछुट्टै संगठन बनेका थिए । तर, ती दुइटै संगठन आजदेखि मर्ज भएर एक बन्ने भएका हुन् ।

नेपाल धितोपत्र बोर्डले नयाँ कम्पनीलाई ब्रोकर लाइसेन्स दिएपछि सागर ढकालको अध्यक्षतामा धितोपत्र ब्रोकर एशोसिएसन नेपाल जन्मिएको थियो । पुराना ब्रोकरहरूको भने स्टक ब्रोकर एशोसिएसन अफ नेपाल थियो । जसको अध्यक्ष धर्मराज सापकोटा रहेका छन् ।

अब स्टक ब्रोकर एसोसिएसन र धितोपत्र ब्रोकर एसोसिएसनबीच बुधबार साँझ मर्जरसम्बन्धी सम्झौता हुनेछ । मर्जपछि बन्ने संगठनको नाम स्टक ब्रोकर एसोसिएसन अफ नेपाल रहने एक ब्रोकर कम्पनीका अध्यक्षले विकासन्युजलाई जानकारी दिए । तर, मर्जपछि साधारण सभाले नयाँ अध्यक्षसहितका पदाधिकारी चयन गर्नेछ ।

एउटै उद्देश्यका साथ सञ्चालनमा आएका ब्रोकर कम्पनीका दुई संगठन हुँदा बजारमा गलत सन्देश प्रवाह भएको थियो । अन्ततः एउटै संगठन बन्ने भएपछि सकारात्मक रहेको ब्रोकर व्यवसायीहरू बताउँछन् ।

स्टक ब्रोकर एशोसिएसनका अध्यक्ष धर्मराज सापकोटाका अनुसार विगतदेखि नै दुई एशोसिएसन एक भएर जाने भनेर छलफल हुँदै आएको थियो । तर, केही प्राविधिक कारणले ढिला हुन गएको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.