२०८१ कार्तिक २९ गते ७:२५ विकासन्युज
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासमा २० करोड ५४ लाखरुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १५ करोड ७९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको नाफा ३० प्रतिशत बढेको हो ।
असोज मसान्तसम्म कम्पनीले ११ अर्ब ८१ करोड १९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १० अर्ब ८२ करोड २८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ९.१४ प्रतिशत बढेको हो । ं
समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ८ अर्ब २० करोड ७९ लाख रुपैयाँ, महाविपत्ति कोष १ अर्ब ११ करोड ८८ लाख रुपैयाँ, सञ्चित नाफा ३४.७४ प्रतिशत बढेर ७१ करोड १९ लाख रुपैयाँ, जीनव बीमा कोष १९.५४ प्रतिशत बढेर २ खर्ब ८ अर्ब ४४ करोड १६ लाख रुपैयाँ र अन्य इक्विटी ४.४२ प्रतिशत बढेर ७९ करोड ५२ लाख रुपैयाँ रहेको छ ।
समीक्षा अवधिमा कम्पनीले ११ अर्ब ९६ करोड ८९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १० अर्ब ९२ करोड ६९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन ९.५४ प्रतिशतले बढी हो ।
कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी १०.०१ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ १३१.९९ रुपैयाँ रहेको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.