२०८१ कार्तिक २९ गते ७:५८ विकासन्युज
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासमा १४ करोड ५० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १३ करोड ३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको नाफा ११.२२ प्रतिशत बढेको हो ।
असोज मसान्तसम्म कम्पनीले १ अर्ब १६ करोड ४२ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ३ करोड ९८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ११.९६ प्रतिशत बढेको हो ।
असोजसम्म कम्पनीले ३२ करोड २ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ६१ करोड १४ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको थियो । कम्पनीको दाबी भुक्तानी ४८.४७ प्रतिशत घटेको हो ।
यसअवधिमा कम्पनीले १ अर्ब ५८ करोड १ लाख रुपैयाँ कुल आम्दानी गरेको छ भने १ अर्ब ४३ करोड ५१ लख रुपैयाँ कुल खर्च गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ३६ करोड १५ लाख रुपैयाँ कुल आम्दानी गरेको थियो भने १ अर्ब २३ करोड ११ लाख रुपैयाँ कुल खर्च गरेको थियो ।
समीक्षा अवधिमा कम्पनीले १ अर्ब २१ करोड ४२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब १० करोड ३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन १०.३५ प्रतिशत बढेको हो ।
समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ, महाविपत्ति कोष ८.०७ प्रतिशत बढेर १९ करोड ४१ लाख रुपैयाँ, सञ्चित नाफा १५.९३ प्रतिशत बढेर १ अर्ब २३ करोड ३१ लाख रुपैयाँ रहेको छ ।
कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी १.४४ रुपैयाँ घटेर ११.६० रुपैयाँमा सीमित भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १५०.६६ रुपैयाँ रहेको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.