सोनापुर मिनरल्सको नोक्सानी घट्यो, यी कारणले कम्पनी घाटामा गयो

  २०८१ कार्तिक २९ गते ८:३८     विकासन्युज

काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयलको चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासमा खुद नोक्सानी घटेको छ । गत आर्थिक वर्षको असोज मसान्तसम्म ४६ करोड ९२ लाख रुपैयाँ नोक्सानीमा रहेको यस कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ८ करोड ५५ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ ।

विगत लामो समयदेखि तयारी वस्तुहरूको बजार मूल्यमा निरन्तर गिरावट, इन्धनको मुल्यमा भएको अत्याधिक वृद्धिको निरन्तरता, चर्को बैक ब्याजदर, भौतिक विकास निर्माणमा बजेट खर्च कम हुनु, बजारमा प्रतिषपर्धा तथा विद्यमान आर्थिक मन्दिको कारण घरेलू खपत न्युन लगायत कारणले त्पादन लागत बढ्न गएको कम्पनीले जनाएको छ । तर, त्यसको तुलनामा उत्पादनले उचित बजार मुल्य पाउन नसकीरहेको कम्पनीले बताएको छ ।

यी सबै चुनौतिको सामना गर्न कम्पनीले हाल कायम ग्राहकको संरक्षण गर्दै सम्भावित ग्राहक तथा ग्राहक क्षेत्रको पहिचान गरी त्यस क्षेत्रमा आफनो बजार बिस्तार गर्ने नीति लिएको छ ।

कम्पनीको सञ्चालन आम्दानी ७९.०८ प्रतिशत घटेर ३४ करोड ३० लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ६३ करोड ९९ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।

असोजसम्म कम्पनीको कुल नाफा ६९.९१ प्रतिशत घटेर २ करोड ६२ लाख रुपैयाँ रहेको छ । गत वर्षको सोही अवधिमा ८ करोड ७२ ला रुपैयाँ कुल नाफा गरेको थियो ।

गत वर्षको पहिलो तीन महिनामा १३ करोड ४६ लाख रुपैयाँ ऋणात्मक रहेको कम्पनीको सञ्चालन मुनाफा चालु आर्थिक वर्षको सोही अवधिसम्मा २ करोड ८२ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।

यस अवधिमा कम्पनीको वित्तीय खर्च ७ करोड ७४ लाख रुपैयाँ ऋणात्मक छ । गत वर्षको सोही अवधिमा कम्पनीको वित्तीय खर्च २५ करोड ९५ लाख रुपैयाँ ऋणात्मक थियो ।

कम्पनीको चुक्ता पुँजी ३ अर्ब ७ करोड ५० लाख रुपैयाँ र जगेडा कोष ४.४१ प््रतिशत घटेर १ अर्ब ८५ करोड ८७ लाख रुपैयाँ रहेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ११.१३ रुपैयाँ ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ १६०.४५ रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.