२०८१ कार्तिक २९ गते ९:०२ विकासन्युज
काठमाडौं । ओरिएण्टल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासमा २४ करोड ५१ लख रुपैयाँ नोक्सानी बेहोर्नु परेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १ करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
असोज मसान्तसम्म कम्पनीले १९ करोड ४४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १६ करोड ९० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन १५.०२ प्रतिशत बढेको हो । ं
असोजसम्म कम्पनीले ५३ करोड ४९ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १८ करोड ९६ लाख रुपैयाँ मात्रै दाबी भुक्तानी गरेको थियो । कम्पनीको खुद दाबी भुक्तानी १८२.१२ प्रतिशत बढेको हो ।
यसअवधिमा कम्पनीले ३० करोड २८ लाख रुपैयाँ कुल आम्दानी गरेको छ भने ६२ करोड १३ लाख रुपैयाँ कुल खर्च गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २७ करोड ७७ लाख रुपैयाँ कुल आम्दानी गरेको थियो भने २५ करोड १६ लाख रुपैयाँ कुल खर्च गरेको थियो ।
समीक्षा अवधिमा कम्पनीको विशेष कोषमा १ अर्ब ६९ करोड ३२ लाख रुपैयाँ, महाविपत्ति कोषमा ६ करोड ७० लाख रुपैयाँ, अन्य इक्विटीमा ८० करोड ६१ लाख रुपैयाँ रहेको छ भने सञ्चित नाफा ३७ करोड ५८ लाख रुपैयाँ ऋणात्मक छ ।
समीक्षा अवधिमा कम्पनीले ३७ करोड ४९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २५ करोड ६९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन ४५.९३ प्रतिशत बढी हो ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.