२०८१ कार्तिक २९ गते १५:१५ विकासन्युज
काठमाडाैं । साताको अन्तिम दिन आज बिहीबार सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले वृद्धि भएको छ । बजार परिसूचक १३.९५ अंकले बढ्दा २ हजार ७ सय ४८.७८ विन्दुमा उक्लिएको छ ।
बजार परिसूचकसँगै कारोबार रकम पनि वृद्धि भएको छ । आज २ करोड १६ लाख ६० हजार ६३९ कित्ता सेयर किनबेचबाट १० अर्ब ३२ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये जानकी फाइनान्सको सबैभन्दा धेरै कारोबार भएको छ ।
जानकीको ३५ करोड २४ लाख रुपैयाँ बढीको सेयर कारोबार हुँदा न्यादी ग्रुपको ३२ करोड ६ लाख, समृद्धि फाइनान्सको २७ करोड ५८ लाख, नेपाल फाइनान्सको २१ करोड ६३ लाख र पिपुल्स हाइड्रोपावर कम्पनीको १९ करोड ७६ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको छ ।
आज १५९ वटा कम्पनीको सेयर मूल्य बढ्दा ७९ कम्पनीको मूल्य घटेको छ भने ६ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएको छैन ।
यस दिन ३ कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । आज गुरास लघुवित्त वित्तीय संस्था, स्वाभिमान लघुवित्त वित्तीय संस्था र अपर हेवाखोला हाइड्रोपावरको सेयर मूल्यमा सकरात्मक सर्कट लागेको छ । उक्त कम्पनीहरुको सेयर मूल्य १० प्रतिशतका दरले वृद्धि भएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.