२०८१ कार्तिक ३० गते ६:५८ विकासन्युज
काठमाडौं । नेपाल टेलिकमले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासमा १ अर्ब ७३ करोड ९५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब २ करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको नाफा १४.२० प्रतिशत घटेको हो ।
गत असोजसम्म कम्पनीको ग्राहकसँगको सम्झौता आम्दानी १.११ प्रतिशत बढेर ८ अर्ब ६८ करोड १ लाख रुपैयाँ गरेको छ । यस्तै, वित्तीय आम्दानी ३३ प्रतिशत घटेर १ अर्ब १७ करोड ७१ लाख रुपैयाँ र कुल आम्दानी ५.४९ प्रतिशत घटेर १० अर्ब ६ करोड ३७ लाख रुपैयाँ गरेको छ ।
गत वर्षको सोही अवधिमा कम्पनीले ८ अर्ब ५८ करोड ५० लाख रुपैयाँ ग्राहकसँगको सम्झौता आम्दानी, १ अर्ब ७५ करोड ७० लाख रुपैयाँ वित्तीय आम्दानी र १० अर्ब ६४ करोड ८७ लाख रुपैयाँ कुल आम्दानी गरेको थियो ।
१८ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष २.२७ प्रतिशत बढेर ७८ अर्ब ३१ करोड ५८ लाख रुपैयाँ रहेको छ ।
नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी ६.२० रुपैयाँ घटेर ३८.६६ रुपैयाँमा सीमित भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ५३५.०९ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात २५.८३ गुणा रहेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.