एशियन लाइफको नाफा ४२ प्रतिशत बढ्यो, २ अर्ब बढी बीमा शुल्क आर्जन

  २०८१ कार्तिक ३० गते ७:३१     विकासन्युज

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासमा १३ करोड २९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ९ करोड ३५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीले ४२ प्रतिशत बढी नाफा आर्जन गरेको हो ।

असोज मसान्तसम्म कम्पनीले २ अर्ब १ करोड ८४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ७९ करोड ८४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन १२.२३ प्रतिशत बढेको हो ।

असोजसम्म कम्पनीले ८ करोड २८ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ७ करोड ६२ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो । कम्पनीको दाबी भुक्तानी ८.६५ प्रतिशत बढेको हो ।

समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ३ अर्ब ३९ करोड ९८ लाख रुपैयाँ, महाविपत्ति कोषमा २३ करोड ५ लाख रुपैयाँ, सञ्चित नाफा ४५ करोड ९२ लाख रुपैयाँ र अन्य इक्विटीमा ८ करोड ५८ लाख रुपैयाँ रहेको छ । कम्पनीको जीवन बीमा कोष ४३ अर्ब ५९ करोड ५६ लाख रुपैयाँ पुगेको छ ।

नफा बढेसँगै कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १५.६४ रुपैयाँ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.