११ बैंकले ब्याजदर घटाउँदा ८ को स्थिर, राष्ट्रिय वाणिज्य बैंकले बढायो

  २०८१ कार्तिक ३० गते ९:३४     विकासन्युज

काठमाडौं । अधिकांश वाणिज्य बैंकहरूले मंसिर महिनाका लागि ब्याजदर घटाएका छन् । मंसिर १ गतेदेखि लागू हुने गरी सार्वजनिक गरेको ब्याजदरमा ११ वटा बैंकले ब्याजदर घटाएका हुन् ।

मंसिरमा बैंकहरूको मुद्दती निक्षेपमा व्यक्तिगततर्फ औसत ब्याजदर ५.९७ प्रतिशत र संस्थागततर्फ औसत ४.६४ प्रतिशत रहेको छ । कात्तिकको तुलनामा व्यक्तिगततर्फ औसत ०.२१ प्रतिशत र संस्थागततर्फ ०.२७ प्रतिशत ब्याजदर घटेको देखिन्छ । कात्तिकमा बैंकहरूको ब्याजदर व्यक्तिगततर्फ औसत ६.२२ प्रतिशत थियो भने संस्थागततर्फ ४.९७ प्रतिशत थियो ।

११ बैंकले ब्याजदर घटाउँदा ८ बैंकले भने ब्याजदर स्थिर राखेका छन् । तर, मंसिरमा राष्ट्रिय वाणिज्य बैंकले ब्याजदर बढाएको छ । बैंकले व्यक्तिगत मुद्दतीमा ०.२ प्रतिशत ब्याजदर बढाएर ६ प्रतिशत पुर्‍याएको हाे ।

मंसिर महिनामा सबैभन्दा बढी ब्याजदर एनआईसी एशिया बैंकको रहेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतममा ६.७९ प्रतिशत ब्याजदर तोकेको छ । साथै, सबैभन्दा कम ब्याजदर लक्ष्मी सनराइज बैंकको ५.५ प्रतिशत तोकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.