राइटपथले मंसिर ३ गते ‘यूके ग्रान्ड एडमिसन डे’ को आयोजना गर्ने,३० भन्दा बढी विश्वविद्यालयका प्रतिनिधि एकै छानामुनि

  २०८१ कार्तिक ३० गते १६:३०     विकासन्युज

काठमाडौं । शैक्षिक परामर्शदाता संस्था राइटपथ करिअर काउन्सिलिङले ‘यूके ग्रान्ड एडमिसन डे’को आयोजना गर्ने भएको छ ।

देशका विभिन्न स्थानहरूमा ‘ग्रान्ड एडमिसन डे’ सम्पन्न गरिसकेको राइटपथ करिअर काउन्सिलिङले आगामी मंसिर ३ गते पुतलीसडकस्थित मुख्य कार्यालयमा ‘युके ग्रान्ड एडमिसन डे’ को आयोजना गर्न लागेको हो ।

विशेषगरी युके जाने विद्यार्थीहरूलाई लक्षित गरी सो कार्यक्रम गर्न लागिएको हो ।

उक्त कार्यक्रममा विद्यार्थीहरूले युकेका ३० भन्दा बढी विश्वविद्यालयका प्रतिनिधिहरूलाई एकै छानामुनि भेटेर प्रत्यक्षरूपमा आफ्ना जिज्ञासाहरू मेटाउन सक्ने आयाेजकले जनाएकाे छ ।

राइटपाथका प्रमुख कार्यकारी अधिकृत (सिइओ) फिलिप डिसीले उच्च शिक्षा हासिल गर्न युके जान चाहने विद्यार्थीहरूले सोही दिनमा सम्पूर्ण आवश्यक कागजातहरू बुझाएमा तत्कालै अफर लेटर प्रदान गरिने जानकारी दिए ।

राइटपाथले उक्त एडमिसन डेमा सहभागी हुने विद्यार्थीहरूका लागि विभिन्न अफरहरूको पनि व्यवस्था गरेको छ । सिइओ डिसीका अनुसार युके ग्रान्ड एडमिसन डेमा सहभागी हुने विद्यार्थीहरूको एप्लिकेसन प्रोसेसिङमा शत प्रतिशत छुट र आईईएलटीएसमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

साथै एकजना लक्की ड्र विजेतालाई आकर्षक उपहार स्मार्ट फोन गिफ्ट ह्याम्परको पनि व्यवस्था गरिएको छ ।

छोटो समयमा नै देशका विभिन्न स्थानमा राइटपथले आफ्नो सेवा विस्तार गर्न सफल भएको छ ।

काठमाडौंको पुतलीसडकमा आफ्नो मुख्य कार्यालय रहेको कन्सल्टेन्सीले बानेश्वर, ललितपुर, चितवन, हेटौंडा, दाङ, बुटवल, धनकुटा, भारत र बेलायतमा समेत सेवा विस्तार गरी आफ्नो सेवा प्रदान गरिरहेको छ ।

त्यस्तै, विद्यार्थीहरूले मंसिर ३ गते पुतलीसडकस्थित मुख्य कार्यालयमा हुने एडमिसन डे मा सहभागी भई यूकेसम्बन्धी सम्पूर्ण परामर्श लिन सक्नेछन् ।

शैक्षिक मेला बिहान १० बजे सुरु भएर बेलुका ५ बजेसम्म चल्नेछ ।

के के छन् आकर्षण ?

– एकै ठाउँमा ३० भन्दा बढी विश्वविद्यालयका प्रतिनिधिसँग भेट गर्न सकिने
– विश्वविद्यालयका प्रतिनिधिसँग अन्तरक्रिया गर्न सकिने
– विद्यार्थीहरूलाई छात्रवृत्तिको अवसर
– भर्नाका लागि आवश्यकताबारे जान्न र भर्ना गर्न सकिने
– सहभागी हुने विद्यार्थीहरूका एप्लिकेसन प्रोसेसिङमा शत प्रतिशत छुट
– अध्ययनपछि काम गर्ने अवसरहरूबारे जान्न सकिने
– एक जना लक्की ड्र विजेतालाई आकर्षक उपहार स्मार्ट फोनको व्यवस्था
– सहभागी विद्यार्थीलाई आईईएलटीएस कक्षामा ५० प्रतिशतसम्म छुट, आदि

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.