भरतपुरको गीतानगरमा कृषि विकास बैंकको २७१ औं व्यवसायीक शाखा उद्धघाटन

  २०८१ मंसिर २ गते १२:३३     विकासन्युज

काठमाडौं । भरतपुर महानगरपालिका वडा नं. ६ गीतानगर बजारमा कृषि विकास बैंकको नयाँ शाखा शनिबारदेखि उद्धघाटन गरिएको छ ।

बैंकका सञ्चालक समिति सदस्य संजिव पौडेलले दिप प्रज्वलन र रिबन काटेर गीतानगर शाखाको नयाँ कार्यालय उद्धघाटन गरेका थिए ।

‘साझा समृद्धिका लागि सबैको रोजाई बैंक’ भन्ने दुरदृष्टिका साथ बैंकको २७१ औं र चितवन जिल्लाको १० औं शाखाको रुपमा गीतानगर शाखा उद्धघाटन गरेको बैंकका कार्यकारी अधिकृत गोविन्द गुरुङले जानकारी गराए । बैंकबाट सुनदेखि नुन सम्म, हलोदेखि हाईड्रो सम्म लगानी भईरहेको र हाल वित्तिय बजारमा उपलब्ध सम्पुर्ण अत्याधुनिक बैंकिङ सुविधाहरुको उपलब्धता यस बैंकसँग रहेकोले सेवा लिन बैंकका कार्यकारी अधिकृत गोविन्द गुरुङले अनुरोध गरे ।

यो क्षेत्र कृषिको लागी प्रचुर संम्भावना वोकेको क्षेत्र भएकोले सहुलियत पुर्ण कर्जाको उपयोग गरि व्यवासायीक कृषि तिर लाग्न सर्वसाधारणलाई बैंक सञ्चालक समिति सदस्य संजिव पौडेलले आग्रह गरे । पौडेलले भरतपुर क्षेत्रका जनताको जिवनस्तर उकास्न र आय स्तर वृद्धि गर्न जस्तो सुकै परिस्थितिमा पनि कृषि विकास बैंकले तपाईहरुको साथमा रही तपाईहरुको घर आगनको बैंकको रुपमा सहकार्य गर्न तयार रहेको समेत बताए ।

उद्धघाटन कार्यक्रममा बैंकको गीतानगर शाखामा पहिलो खाता खोल्ने सन्तोष लामिछानेलाई चेक बुक क्यूआर कोर्ड, पहिलो कर्जाग्राही विष्णु माया गौतम र चाँदनी खरेल लगायतलाई बैकको तर्फ फुलमालासहित सम्मान गरिएको बैकका गीतानगर शाखा प्रबन्धक सागर प्रसाद शर्माले जानकारी दिए ।

बैंकमा झण्डै ३ लाख सेयर धनी रहेकोमा हाल गीतानगर बजार शाखा क्षेत्रमा करिब १ सय भन्दा बढी निक्षेपकर्ताले खाता खोली बैंकिङ कारोबार गर्दै आएका छन् । बैंकले १ लाख ५२ हजार कर्जाग्राहीबाट २ सय ६ अर्ब लगानी गरेको छ  भने २१ लाख निक्षेपकर्ताबाट २ सय ६० अर्ब निक्षेप संकलन गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.