सोनम ग्यात्सोले किने सानिमाको सेयर, बाहिरियो जय गणेश इन्भेष्टमेन्ट

  २०८१ मंसिर २ गते १४:०७     विकासन्युज

काठमाडौं । सानिमा बैंकबाट एक संस्थापक सेयरधनी बाहिरिएको छ भने नयाँ सेयरधनी थपिएका छन् । बैंकबाट जय गणेश इन्भेष्टमेन्ट प्रालि बाहिरिएको हो भने सोनम ग्यात्सो नयाँ सेयरधनीका रूपमा थपिएका हुन् ।

आर्थिक वर्ष २०७९/८० मा जय गणेश इन्भेष्टमेन्ट ०.९५ प्रतिशत अर्थात् ११ लाख ८७ हजार १७३ कित्ता सेयर स्वामित्वसहित बैंकको ठूला सेयरधनीभित्र पर्दथ्यो । तर, गत आर्थिक वर्ष २०८०/८१ मा भने कम्पनीको स्वामित्व ठूला सेयरधनीको सूचीमा समावेश छैन ।

सोनम ग्यात्सोको ०.९२ प्रतिशत अर्थात् १२ लाख ४६ हजार ५०७ कित्ता सेयर खरिद गरेसँगै ठूला सेयरधनीमा समावेश भएको छ ।

गत असारसम्म बैंकमा १४ जना सेयरधनीको सबैभन्दा बढी सेयर स्वामित्व रहेको देखिन्छ । जसमध्ये सबैभन्दा धेरै सेयर अरुण कुमार ओझाको रहेको छ । ओझाको बैंकमा ७.९४ प्रतिशत अर्थात् १ करोड ७ लाख ८१ हजार ५४२ कित्ता सेयर स्वामित्व रहेको छ ।

यस्तै, टेक राज निरौलाको ६.३९ प्रतिशत अर्थात् ८६ लाख ७४ हजार ५७० कित्ता, जिवनाथ लामिछानेको ५.४४ प्रतिशत अर्थात् ७३ लाख ८४ हजार ३४२ कित्ता, सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ४.५० प्रतिशत अर्थात् ६१ लाख १४ हजार ९ सय कित्ता, विनय कुमार श्रेष्ठको ४.२७ प्रतिशत अर्थात् ५८ लाख ५ हजार ७०५ कित्ता सेयर स्वामित्व रहेको छ ।

यस्तै, कर्मचारी संचय कोषको ४.२८ प्रतिशत अर्थात् ५८ लाख १४ हजार १६ कित्ता, अमला इन्भेष्टमेन्ट प्रा.लि.को ३.९७ प्रतिशत अर्थात् ५३ लाख ९२ हजार ५८२ कित्ता, खेम राज लामिछानेको ३.४७ प्रतिशत अर्थात् ४७ लाख १९ हजार ४५६ कित्ता, घनश्याम थापाको ३.४६ प्रतिशत अर्थात् ४६ लाख ९५ हजार ४२४ कित्ता सेयर स्वामित्व रहेको छ ।

यस्तै, राम कृष्ण शाहको २.४९ प्रतिशत अर्थात् ३३ लाख ७९ हजार ९०१ कित्ता, दिलीप श्रेष्ठको ०.७५ प्रतिशत अर्थात् १० लाख २२ हजार २१३ कित्ता, शाम्बा लामाको ०.७३ प्रतिशत अर्थात् ९ लाख ९२ हजार १०२ कित्ता, गीता श्रेत्रीको ०.६१ प्रतिशत अर्थात् ८ लाख २३ हजार ५७९ कित्ता सेयर स्वामित्व रहेको छ ।

बैंकका अनुसार कूल सेयरको १७.९६ प्रतिशत सेयर स्वामित्व संस्थाहरुको रहेको छ भने सर्वसाधारणको ८२.०२ प्रतिशत सेयर स्वामित्व छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Image-1
Image-2
Image-3
Image-4