रास्वपाले कीर्तिपुरमा मेयर र वडाध्यक्षमा उम्मेदवारी नदिने

  २०८१ मंसिर २ गते १३:५९     विकासन्युज

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले कीर्तिपुरको मेयर र २ वडाध्यक्षका लागि उम्मेदवारी नदिने भएको छ । रास्वपाका काठमाडौं जिल्ला सभापति प्रदीप बिष्टले पार्टीले खोजेको जस्तो उम्मेदवार नभएकाले त्यहाँ उम्मेदवारी नदिने निर्णय भएको जानकारी दिए ।

यसअघि मेयरका लागि नगरसभापति जयराम कार्कीको नाम केन्द्रमा सिफारिस भएको थियो । तर, रास्वपाले अन्तिम समयमा आएर उम्मेदवारी नदिने निर्णय गरेको छ । काठमाडौँ महानगरको १६ नं. वडामा भने रास्वपाले उम्मेदवारी दिने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Image-1
Image-2
Image-3
Image-4