मालपोत कार्यालयले उठाए २ अर्ब ७० करोड राजस्व

  २०८१ मंसिर ३ गते ७:१६     विकासन्युज

काठमाडौं । देशभरका मालपोत कार्यालयले गत कात्तिक महिनामा २ अर्ब ७० करोड ४० लाख ४६ हजार ६४५ रुपैयाँ बराबरको राजश्व सङ्कलन गरेको छ । घर जग्गाको कारोबारमा अपेक्षित रुपमा सुधार आउन नसकेको कारोबार तथा राजश्व सङ्कलनको प्रवृत्तिले देखाएको छ ।

असोज महिनाको तुलनामा कात्तिकमा राजस्व सङ्कलनमा गिरावट आएको हो । असोजमा ३ अर्ब ८ करोड १२ लाख ४१ हजार ४८१ रुपैयाँ बराबरको राजश्व सङ्कलन भएको थियो । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार चाड पर्वलगायतका कारणले गत असोजको तुलनामा कात्तिकमा राजस्व सङ्कलनमा कमी आएको हो ।

विभागका अनुसार, काठमाडौं उपत्यकाभित्रका ९ वटा मालपोत कार्यालयहरुमध्ये सबैभन्दा बढी भूमिसुधार तथा मालपोत कार्यालय लगनखेलले २४ करोड ५७ लाख ५४ हजार ८५८ रुपैयाँ बराबर राजस्व सङ्कलन गरेको छ ।

मालपोत कार्यालय गोटीखेल ललितपुरले ४ लाख ६७ हजार ७२० रुपैयाँ, भक्तपुरले १७ करोड ६९ लाख २३ हजार ६४५ रुपैयाँ, डिल्लीबजारले १५ करोड ७७ लाख २० हजार ५४५ रुपैयाँ बराबरको राजस्व सङ्कलन गरेको छ ।

विभागका अनुसार मालपोत कार्यालय चाबहिलले २१ करोड ४२ लाख ४६ हजार ९९२ रुपैयाँ, कलङ्की मालपोत कार्यालयले १७ करोड ८ लाख ४४ हजार ७५१ रुपैयाँ, साँखु कार्यालयले ४ करोड ७९ लाख ५४ हजार ९४२ रुपैयाँ, मनमैजु कार्यालयले ५ करोड ५० लाख ९३ हजार ६३२ रुपैयाँ, टोखा कार्यालयले ३ करोड ५७ लाख २७ हजार ६६५ रुपैयाँ बराबरको राजस्व सङ्कलन गरेको छ ।

मुलुकभर १३३ मालपोत कार्यालय छन् । ती कार्यालयले १७ करोड ७८ लाख ३८ हजार ४६६ रुपैयाँ बराबरको सेवा कर उठाएको छ । यस्तै, रजिष्ट्रेशन शुल्क १ अर्ब ८२ करोड ९५ लाख ३० हजार १३१ रुपैयाँ, पूँजीगत लाभकर ९३ करोड ७७ लाख ९१ हजार ८२० रुपैयाँ सङ्कलन गरेको छ ।

विभागका अनुसार गत साउनमा ३ अर्ब ८३ करोड ५० लाख ८२ हजार ८८५, भदौमा ३ अर्ब ९ करोड २ लाख ५९ हजार १५२ रुपैयाँ बराबरको राजस्व सङ्कलन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Image-1
Image-2
Image-3
Image-4