मर्जरका लागि जोडि खोज्दै फरवार्ड माइक्रोफाइनान्स, १४ प्रतिशत लाभांश दिने

  २०८१ मंसिर ३ गते ८:०३     विकासन्युज

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थ मर्जरमा जाने भएको छ । कुनै संस्थासँग एक आपसमा मर्ज तथा प्राप्तिका सम्पूर्ण प्रक्रिया पुरा गर्न सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान दिने गरी लघुवित्तले एजेण्डा अघि सारेको हो ।

लघुवित्त सञ्चालक समितिको मंसिर २ गते बसेको बैठकले मर्जर र लाभांश प्रस्ताव पारित गर्न मंसिर २८ गते सुनसरीमा बिहान ११ बजे १२औँ वार्षिक साधारण सभा बोलाएको छ ।

लघुवित्तको सभाले गत आर्थिक वर्ष २०८१/८१ को नाफाबाट चुक्ता पुँजी १ अर्ब ५ करोड ५५ लाख ६३ हजार रुपैयाँको १३.३९ प्रतिशतका दरले १४ करोड ३ लाख ८९ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.७० प्रतिशतका दरले ७३ लाख ८८ हजार रुपैयाँ नगद गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

यस्तै, सभाले लघुवित्तको पुँजी वृद्धिसँगै प्रबन्धपत्र तथा नियमावलीमा संशोधन, सञ्चालक समिति र लेखापरीक्षकको प्रतिवेदनसँगै आर्थिक वर्ष २०८१÷८२ का लागि लेखापरीक्षक नियुक्त गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Image-1
Image-2
Image-3
Image-4