२०८१ मंसिर ३ गते ११:०६ विकासन्युज
काठमाडौं । नेपाल वायुसेवा निगम कर्मचारी युनियनको अध्यक्षमा फर्सु ज्ञवाली निर्वाचित भएका छन् । ज्ञवाली यही असोज २९ देखि मङ्सिर एक गतेसम्म चलेको नवौं अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका हुन् ।
अधिवेशनले ज्ञवालीलाई आगामी तीन वर्षको लागि निर्वाचित गरेको हो ।
त्यस्तै, स्थायी समिति सदस्य वरिष्ठ उपाध्यक्ष मा होमनाथ पोखरेल, उपाध्यक्षमा शिशिर ज्ञवाली र गुरुशरण शाह निर्वाचित भएका छन् भने महिलातर्फको उपाध्यक्षमा सिर्जना खड्का निर्विरोध निर्वाचित भएकी छन् ।
त्यस्तै, महासचिवमा कुमारमान डंगोल, उपमहासचिवमा अमृत ओखेडा, सचिवमा विनय पौडेल र कुशल रूपाखेती निर्वाचित भएका छन् भने महिलातर्फको सचिवमा सरस्वती फुयाँल निर्वाचित भएकी छन्
त्यस्तै, कोषाध्यक्षमा कुलचन्द्र भट्टराई निर्विरोध निर्वाचित भएका छन् भने सह कोषाध्यक्षमा मञ्जु गौतम विजयी भएकी छन् । त्यस्तै, सदस्यहरूमा सृष्टि दुलाल, रत्ना केसी, अर्जुन गौतम र प्रकाश अधिकारी विजयी भएका छन् ।
त्यस्तै, सदस्यहरूमा कृष्ण प्रसाद भुर्तेल, सागर न्यौपाने, सन्तोष खतिवडा, पूर्णबहादुर कार्की, महिला सदस्य कुसुम राना (निर्विरोध), आदिवासी जनजातिमा गोपालकृष्ण लिगल, दिनेश कुमार शाह मधेसबाट र दलितबाट भवानी नेपाली तथा पिछडिएको क्षेत्र अपांगमा रोहित ओली निर्वाचित भएका छन्।
तीन चलेको अधिवेशनले लामो समयदेखि अड्किएको सांगठनिक तथा आर्थिक प्रतिवेदन पारित गर्दै मङ्सिर १ गतेको चुनावले नयाँ कार्यसमिति चयन गरेको हो । युनियनमा करिब पाँच सय कर्मचारी आबद्ध छन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.