नेपाल एयरलाइन्सको मकालु विमानले सुरु गर्‍यो अन्तर्राष्ट्रिय उडान

  २०८१ मंसिर ३ गते ११:५९     विकासन्युज

काठमाडौं । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को मकालु (९ एन-एएलजेड) विमानले पनि नियमित उडान सुरु गरेको छ ।

अन्तर्राष्ट्रिय विधिसम्मत प्रक्रिया पूरा गरी इटालीमा सी-चेकको मर्मतसम्भार सम्पन्न गरी विमानले पुन: उडान सुरु गरेको हो । सोमबार बिहान ८ बजेर ५२ मिनेटमा त्रिभुवन विमानस्थलमा जहाज अवतरण गरेको हो ।

मकालुले पनि उडान सुरु गरेसँगै नेपाल एयरलाइन्ससँग भएका सबै चारवटै विमान सञ्चालनमा आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.