दिगो ई–स्टपको तेस्रो आउटलेट नवलपरासीको दलदलेमा

  २०८१ मंसिर ४ गते १३:४६     विकासन्युज

काठमाडौं ।  दिगो ग्रुपले आफ्नो तेस्रो ई–स्टपलाई नवलपरासीको दलदलेमा विस्तार गरेको छ । मंसिर २ गते औपचारिक उद्घाटन गरिएको सो ई–स्टपमा सडक यात्रुको लागि रेस्टुरेन्टको सुविधाको साथै सार्वजनिक बिद्युतिय सवारीसाधनका लागि २ वटा जीबीरटी चार्जर र निजि सवारीसाधनका लागि सिसिएस टु चार्जर जडान गरिएको हो ।

दलदलेको साथै दिगो ई–स्टप रामटार र कुरिन्टारमा पनि संचालन भईरहेको छ । उद्घाटन कार्यक्रममा दिगो ग्रुपका प्रमुख कार्यकारी अधिकृत सौरब श्रेष्ठले भने, ‘ई–स्टपको तेस्रो संस्करण दलदलेमा संचालनपछि राजमार्गका यात्रुहरुलाई निकै उद्धार हुनेछ । यस ई–स्टपले महेन्द्र राजमार्गमा बढिरहेको बिद्युतिय सवारीसाधनलाई चर्जिङ्ग को सुविधा दिनुको साथै रेस्टुरेन्टले सुलभ मूल्यमा सफा र मिठो खानाको सुविधा दिनेछ ।’

दिगो ग्रुपका अध्यक्ष राजन रायमाझीले दगो ई–स्टपले नेपाली राजमार्गको यात्रामा नयाँ युगको सुरुवात ल्याएको बताए । ‘दिगो ई–स्टप एउटा पिट स्टप मात्र होइनस यो एक दर्शन समेत हो । हामी कार्बन उत्सर्जन घटाउन सक्रिय रूपमा योगदान गर्दै यात्रा सुविधाको लागि समर्पित छौं’ उनले भने ।

दलदलेमा दिगो ई–स्टपले आधुनिक यात्रीहरूको आवश्यकता पूरा गर्न डिजाइन गरिएका सेवाहरू प्रदान गर्ने जनाइएको छ । यसको मूल भागमा उन्नत ईभी चार्जिङ स्टेशनहरू राखिएकाले विद्युतीय सवारी साधनहरू सधैं सडकमा छन् भनी सुनिश्चित गर्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.