२०८१ मंसिर ४ गते १४:२० विकासन्युज
काठमाडौं । सिटिजन्स बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकका संस्थापक सेयरधनी रघुवेन्द्र अग्रवालको नाममा रहेको ४ हजार ४४० दशमलव ८७ कित्ता सेयर बिक्रीमा राखिएको हाे ।
बैंकको उक्त संस्थापक सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । उक्त सेयरको मूल्य प्रतिकित्ता १०३ रुपैयाँ तोकिएको छ ।
लगानीकर्ताले आवेदन दिँदा सो मूल्य वा साेभन्दा बढी तोकी ७ दिनभित्र आवेदन दिन पर्नेछ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.