सांग्रिला बैंक र बृहत इन्भेष्टमेन्टबीच सम्झौता, घरजग्गाा खरिद गर्न सरल कर्जा सेवा प्रदान गर्ने

  २०८१ मंसिर ४ गते १८:०६     विकासन्युज

कठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक र ललितपुरको कुपण्डोलस्थित बृहत इन्भेष्टमेन्ट प्रालिबीच मंगलबार व्यावसायिक सम्झौता भएको छ ।

बैंकले ग्राहकलाई घरजग्गाा खरिद गर्न झन्झटरहित, सहज र सरल कर्जा सेवा प्रदान गर्ने उद्देश्यले सम्झौता भएको हो ।

सम्झौतामा बैंकको तर्फबाट काठमाडाैं क्लस्टर प्रमुख सुप्रिया श्रेष्ठ र बृहत इन्भेष्टमेन्ट प्रालिको तर्फबाट कार्यकारी निर्देशक पूर्णिमा राजभण्डारीले हस्ताक्षर गरे ।

कुनै पनि व्यक्तिले बृहत इन्भेष्टमेन्टद्वारा सञ्चालित चापागाँउ परियोजना अन्तर्गतका घरजग्गाा खरिद गर्न चाहेको खण्डमा सांग्रिला डेभलपमेन्ट बैंले सो खरिदकर्तालाई सहज तरिकामा कर्जा उपलब्ध गराउने व्यहोरा सम्झौता पत्रमा उल्लेख गरिएको छ ।

यसैगरी, घरजग्गा खरिद गर्न अधिकतम ४० वर्षसम्मको समयावधिका लागि अधिकतम कर्जा रकम २ करोड रुपैयाँसम्म उपलब्ध गराइनेछ । कर्जाको ब्याज दर ९.९९% तोकिएको र पहिलो ७ वर्षसम्मको लागि ब्याजदर स्थिर रहने व्यहोरासमेत सम्झौतापत्रमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.