२०८१ मंसिर ५ गते ७:२० विकासन्युज
काठमाडौं । अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै डलरको मूल्य निरन्तर उकालो लागिरहेको छ । नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको मूल्य एकको खरिदर १३४.७७ रुपैयाँ र बिक्रीदर १३५.३७ रुपैयाँ तोकेको छ । जुन हालसम्मकै उच्च हो । यसअघि डलरको मूल्य एकको खरिदर १३४.७४ रुपैयाँ र बिक्रीदर १३५.३४ रुपैयाँ थियो ।
आज युरोपियन यूरोको एकको खरिदर १४२.२२ रुपैयाँ र बिक्रीदर १४२.८५ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७०.२५ रुपैयाँ र बिक्रीदर १७१.०१ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५२.६३ रुपैयाँ र बिक्रीदर १५३.३१ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८७.५१ रुपैयाँ र बिक्रीदर ८७.९० रुपैयाँ तोकेको छ ।
यस्तै, क्यानेडियन डलर एकको खरिददर ९६.१४ रुपैयाँ र बिक्रीदर ९६.५७ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १००.५६ रुपैयाँ र बिक्रीदर १०१.०१ रुपैयाँ, जापानी येन १० को खरिददर ८.७६ रुपैयाँ र बिक्रीदर ८.८० रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १८.६२ रुपैयाँ र बिक्रीदर १८.७० रुपैयाँ तोकेको छ ।
राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.९० रुपैयाँ र बिक्रीदर ३६.०६ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.९५ रुपैयाँ र बिक्रीदर ३७.१२ रुपैयाँ, थाई भाट एकको खरिददर ३.९० रुपैयाँ र बिक्रीदर ३.९२ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.६९ रुपैयाँ र बिक्रीदर ३६.८६ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३०.१३ रुपैयाँ र बिक्रीदर ३०.२६ रुपैयाँ तोकेको छ ।
यस्तै साउथ कोरियन वन एक सयको खरिदद ९.६७ रुपैयाँ र बिक्रीदर ९.७१ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२.२७ रुपैयाँ र बिक्रीदर १२.३३ रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १९.०६ रुपैयाँ र बिक्रीदर १९.१५ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.३१ रुपैयाँ र बिक्रीदर १७.३९ रुपैयाँ, कुवेती दिनार एकको खरिददर ४३८.३२ रुपैयाँ र बिक्रीदर ४४०.२७ रुपैयाँ र बहराइन दिनार एकको खरिददर ३५७.५० रुपैयाँ र बिक्रीदर ३५९.१० रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.