सरोज सुब्बाको उपचारमा कुनै पनि लापरवाही तथा कमजोरी नभएको मेडिसिटी अस्पतालको स्पष्टिकरण

  २०८१ मंसिर ५ गते ११:०३     विकासन्युज

काठमाडौं । नेपाल मेडिसिटी अस्पतालले इलामका सरोज सुब्बाको उपचारमा कुनै लापरवाही तथा कमजोरी नभएकाे स्पष्टिकरण दिएको छ ।

अस्पतालले विज्ञप्ति जारी गर्दै सुब्बाको ज्यान बचाउन हरसम्भव प्रयास गरिएको जनाएकाे छ ।

अस्पतालका अनुसार गत असोज ४ गते भर्ना भई सफल मृगौला प्रत्यारोपण गराएका सुब्बा १२ गते डिस्चार्ज भएका थिए । त्यसपश्चात ४८ दिनपछि कार्तिक ३० गते बिहान उनी जटिल अवस्थामा आकस्मिक कक्षमा आएकाे र उपचार गर्दागर्दै उनको निधन भएको थियाे ।

निज मृत्तकको परिवारजनलाई सम्पूर्ण सत्यतथ्य जानकारी गराउँदा परिवारजनले तथ्य बुझ्दाबुझ्दै अन्य व्यक्तिहरूले अस्पताल र चिकित्सकहरूलाई दोषारोपण तथा भम फैलाउँदै गैरकानुनी काम गर्दै आएको अस्पतालले जनाएकाे छ ।

उपचारको क्रममा कुनै कमीकमजोरी नभएकोले सम्बन्धित निकायहरूमार्फत छानबिन तथा अनुसन्धान गर्न पूर्ण रूपमा अस्पतालले सहयोग गर्ने विज्ञप्तिमा उल्लेख छ ।

अस्पतालले नेपाली जनताका लागि अन्तर्राष्ट्रियस्तरको स्वास्थ्य सेवा नेपालमै उपलब्ध गराउन निरन्तर प्रयास गरिरहेको जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.