नेशनल लाइफको ‘मिट द सीईओ’ कार्यक्रम सम्पन्न

  २०८१ मंसिर ५ गते १४:०९     विकासन्युज

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले मासिक स्किमअन्तर्गत तोकिएको लक्ष्य पुरा गर्ने अभिकर्ताहरूलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृतसँग साक्षात्कारसहितको डिनर कार्यक्रम ‘मिट द सीईओ’ कार्यक्रम सम्पन्न गरेको छ ।

कोशी प्रदेशबाट योग्य भएका करिब ५५ जना अभिकर्ताहरू, विभागीय प्रमुख, प्रदेश प्रमुख एवं शाखा प्रमुखहरूको सहभागितामा प्रमुख कार्यकारी अधिकृतले लक्ष्य पुरा गर्ने अभिकर्ताहरूलाई मायाको चिनो प्रदान गरेका थिए । साथै स्किमा व्यवस्था भएअनुरुप अर्लि क्वालिफायर विजेता र सर्टिपिकेट अफ एक्सिलेन्स प्राप्त गर्न सफल अभिकर्ताहरूलाई विशेष सम्मान गरिएको थियो ।

साथै यो कार्यक्रम मधेश प्रदेश र गण्डकी प्रदेशमा सम्पन्न भइसकेको र छिट्टै नै अन्य प्रदेशहरूमा पनि गरिने जानकारी दिइएकाे छ ।

समारोहमा प्रमुख कार्यकारी अधिकृतले अभिकर्ताहरूको हितलाई मध्यनजर गर्दै समय सान्दर्भिक योजनाहरू प्रस्तुत गर्ने क्रममा मिट द सीईओ स्किम ल्याइएको र नेपालभर बाट ३०० भन्दा बढी अभिकर्ताहरू छनौट भएकोमा कोशी प्रदेशबाट मात्रै ५५ जना अभिकर्ताहरू छनौट हुन सफल भएकोले यस स्किममा जोडिने सम्पूर्ण अभिकर्ताहरूलाई हार्दिक बधाई ज्ञापन गरे ।

कार्यक्रममा सहभागी अभिकर्ताहरूले कम्पनीका प्रमुख कार्यकारी अधिकृतसमक्ष बीमा व्यवसायमा भोगेका समस्या, गुनासा, कम्पनीले सुधार गर्नुपर्ने पक्षहरुका बारेमा विस्तृत रूपमा जानकारी गराउन पाएकोमा खुशी व्यक्त गरेका थिए । यस योजनाले अभिकर्ता र सिइओ दुवैलाई प्रत्यक्ष रूपमा जोडिने अवसर जुराउँदा अभिकर्ता तथा कम्पनी दुवै पक्षलाई हित हुने भएकोले यस प्रकारको योजना आगामी दिनहरूमा पनि ल्याउनु पर्ने सुझाव दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.