२०८१ मंसिर ५ गते १५:१३ विकासन्युज
काठमाडौं । सेयर बजार परिसूचक (नेप्से)मा बुधबार सामान्य बढोत्तरी आएको छ । आज नेप्से ९.०९ अंकले बढेर २ हजार ७११.७५ बिन्दुमा उक्लिएको छ ।
यस दिन बजार बढे पनि कारोबार रकम भने घटेको छ । आज ७ अर्ब ९ करोडको मात्र कारोबार भएको छ । मंगलबार १० अर्ब ४६ करोड रुपैयाँको कारोबार भएको थियो ।
आज रकमका आधारमा धेरै कारोबार हुने कम्पनीको सूचीको अग्रस्थानमा न्यादी ग्रुप पावर रहेको छ । सो कम्पनीको ३२ करोड ८१ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको छ ।
यस दिन १४३ कम्पनीको सेयर मूल्य बढेको छ भने ८९ कम्पनीको मूल्य घटेको छ । ११ कम्पनीको मूल्यमा कुनै परिवर्तन भएको छैन ।
आज ८ कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ भने एक कम्पनीको सेयर मूल्यमा नकरात्मक सर्किट लागेको छ । कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, नेपाल हाइड्रो डेभलपमेन्ट, सप्तकोशि डेभलपमेन्ट र महिला लघुवित्तको सेयर मूल्य १० प्रतिशतका दरले वृद्धि भएको छ ।
यसैगरी, कर्णाली डेभलपमेन्ट बैंक र जानकी फाइनान्सको सेयर मूल्य ९.९९ प्रतिशतका दरले र सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य ९.९७ प्रतिशतले वृद्धि भएको छ ।
गुरास लघुवित्तको सेयर मूल्य १० प्रतिशतले घटेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.