हिमालय सेक्युरिटिज बैंकरको प्रथम साधारणसभा सम्पन्न

  २०८१ मंसिर ५ गते १७:१५     विकासन्युज

काठमाडौं । हिमालय सेक्युरिटिज बैंकर लिमिटेडको प्रथम वार्षिक साधारणसभा बुधबार सम्पन्न भएको छ ।

कम्पनीको रजिष्टर कार्यालय, नयाँ बानेश्वरमा सञ्चालक समितिका अध्यक्ष श्री दीपक कुमार श्रेष्ठको सभापतित्व सम्पन्न भएको हो ।

साधारणसभाबाट सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०८०/८१ को वित्तीय लेखापरीक्षण प्रतिवेदन, सञ्चालकहरूको नियुक्ति तथा प्रबन्धपत्र र नियमावलीमा संशोधनहरू निर्णयसहित पारित भएका छन् ।

यसैगरी, कम्पनीको अध्यक्ष पदमा दीपककुमार श्रेष्ठ, सञ्चालकतर्फ सीताराम वाग्ले र आकांक्षा गुप्ताको पुन: नियुक्ति भएको छ भने थप स्वतन्त्र सञ्चालकतर्फ बद्री सिग्देल तथा दिनेशकुमार लालको पनि नियुक्ति भएको छ ।

मुख्यगरी धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन र संस्थागत परामर्श सेवा प्रवाह गर्दै आएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

आगामी वर्ष कम्पनीले धितोपत्र व्यवसायसँग सम्बन्धित सम्पूर्ण सेवाहरू प्रदान गर्दै अग्रणी संस्था बन्ने लक्ष्य राखेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुभाषबहादुर श्रेष्ठले जानकारी दिए ।

हिमालयन सेक्युरिटिज हिमालयन बैंकको पूर्ण स्वामित्वमा स्थापित भएको कम्पनी हो । हिमालयन सेक्युरिटिजले  धितोपत्र दलालको रूपमा नेपाल धितोपत्र बोर्डबाट विसं. २०८० भाद्र ६ गते स्वीकृति प्राप्त गरेको थियो भने माघ ३ मा नेपाल स्टक एक्स्चेन्जबाट सदस्यता प्राप्त गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.