२०८१ मंसिर ६ गते ८:१५ विकासन्युज
काठमाडौं । प्रभु हेलिकप्टरले प्रिमियम मूल्यमा सेयर बिक्रीमा राखेको छ । कम्पनीले अंकित मूल्य १ सय रुपैयाँमा ५० रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता १५० रुपैयाँ सेयर बिक्रीमा राखेको हो ।
कम्पनीले जारी पुँजीमध्ये २० लाख ९५ हजार कित्ता सेयर बिक्रीमा राखेको हो । उक्त सेयर कम्पनीका संस्थापक सेयरधनीहरूले मात्रै खरिद गर्न पाउनेछन् ।
यदि मंसिर १२ गतेसम्म संस्थापकले सेयर खरिद नगरेमा अन्य लगानीकर्ताका लागि बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.