५ प्रतिशत नगद लाभांश बाँड्ने नेशनलको घोषणा

  २०८१ मंसिर ६ गते ८:३५     विकासन्युज

काठमाडौं । नेशनल म्यानेजमेन्ट फण्डले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको मंसिर ३ गते बसेको बैठकले चुक्ता पुँजी ८१ करोड रुपैयाँको ५ प्रतिशतका दरले ४ करोड ५ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

लाभांश पारित गर्न कम्पनीले पुस ३ गते होटल अकामा धुम्वाराही काठमाडौंमा बेलुका ५ बजे दोस्रो वार्षिक साधारण सभा बोलाएको छ ।

कम्पनीको सभाले आर्थिक वर्ष २०८०/८१ को संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, आर्थिक वर्ष २०८१/८२ को लागी लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने र संचालकको नियुक्ति अनुमोदन गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.