२६ लघुवित्तले शाखा खोल्न नपाउने, खराब कर्जा १० प्रतिशत बढी

  २०८१ मंसिर ६ गते १५:१९     विकासन्युज

काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरूको तीन महिनामा खराब कर्जा (एनपीएल) ७ प्रतिशत बढेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासमा लघुवित्त वित्तीय संस्थाहरूको खराब कर्जा ६.९१ प्रतिशत बढेर औसत ६.८१ प्रतिशत बिन्दुमा पुगेको हो । गत आवको तीन महिनामा लघुवित्तहरूको औसत खराब कर्जा ६.३७ प्रतिशत थियो ।

समीक्षा अवधिमा २९ वटा लघुवित्त संस्थाहरूको खराब कर्जा बढेको देखिन्छ भने २१ वटा लघुवित्तले खराब कर्जा घटाएका छन् । यसअवधिमा साना किसान लघुवित्तको खराब कर्जा सबैभन्दा धेरै बढेको छ । गत असोजसम्म लघुवित्तको २०३.७० प्रतिशत बढेर २.४६ प्रतिशत बिन्दुमा पुगेको हो । जबकि गत वर्षको सोही अवधिमा लघुवित्तको खराब कर्जा ०.८१ प्रतिशत बिन्दुमात्रै थियो ।

समीक्षा अवधिमा नेरुडे मिर्मिरे लघुवित्तको १९२.३९ प्रतिशत बढेर १६.१४ प्रतिशत बिन्दु, इन्फिनीटी लघुवित्तको १३२.५८ प्रतिशत बढेर ११.३५ प्रतिशत बिन्दु, फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको १३२.४६ प्रतिशत बढेर ४.४४ प्रतिशत बिन्दुमा खराब कर्जा पुगेको छ ।

गत असोजसम्म डिप्रोक्स लघुवित्तको ७५.२९ प्रतिशत बढेर ९.०१ प्रतिशत बिन्दु, आरएसडीसी लघुवित्तको ७२.४८ प्रतिशत बढेर २.५७ प्रतिशत, आत्मनिर्भर लघुवित्तको ६९.१६ प्रतिशत बढेर १४.४३ प्रतिशत बिन्दु, एनआईसी एशिया लघुवित्तको ६६.४८ प्रतिशत बढेर १८.६८ प्रतिशत बिन्दु, नाडेप लघुवित्तको ६०.२१ प्रतिशत बढेर १०.५१ प्रतिशत बिन्दुमा खराब कर्जा पुगेको छ ।

यसअवधिमा उन्नति सहकार्य लघुवित्तको ५४.१६ प्रतिशत बढेर ७.०३ प्रतिशत बिन्दु, जीवन विकास लघुवित्तको ५०.६१ प्रतिशत बढेर ४.९१ प्रतिशत बिन्दु, युनिक नेपाल लघुवित्तको ४५.९३ प्रतिशत बढेर १५.७९ प्रतिशत बिन्दु, मातृभूमि लघुवित्तको ४५ प्रतिशत बढेर १२.४ प्रतिशत बिन्दु, विन नेपाल लघुवित्तको २७.६४ प्रतिशत बढेर ४.९४ प्रतिशत बिन्दु, हिमालयन लघुवित्तको २७.३९ प्रतिशत बढेर ३.७२ प्रतिशत बिन्दु खराब कर्जा रहेको छ ।

छिमेक लघुवित्तको २६.७५ प्रतिशत बढेर २.८९ प्रतिशत बिन्दु, विजय लघुवित्तको २१.१३ प्रतिशत बढेर ९.५७ प्रतिशत बिन्दु, अभियान लघुवित्तको २१.०७ प्रतिशत बढेर ८.३३ प्रतिशत बिन्दु, फरवार्ड लघुवित्तको १८.०८ प्रतिशत बढेर ७.३८ प्रतिशत बिन्दु, महुली लघुवित्तको १६.१० प्रतिशत बढेर ४.८३ प्रतिशत बिन्दु, लक्ष्मी लघुवित्तको १५.२३ प्रतिशत बढेर ७.९४ प्रतिशत बिन्दुमा खराब कर्जा रहेको छ ।

मिथिला लघुवित्तको १०.४४ प्रतिशत बढेर ५.१८ प्रतिशत बिन्दु््, धौलागिरी लघुवित्तको ७ प्रतिशत बढेर ५.३४ प्रतिशत बिन्दु, सूर्योदय वोमी लघुवित्तको ६.४१ प्रतिशत बढेर ६.३ प्रतिशत बिन्दु, सम्पदा लघुवित्तको ६.१४ प्रतिशत बढेर ४.८४ प्रतिशत बिन्दु, स्वाभिमान लघुवित्तको ५.८३ प्रतिशत बढेर ४.१७ प्रतिशत बिन्दु, स्वरोजगार लघुवित्तको ५.०२ प्रतिशत बढेर ५.४३ प्रतिशत बिन्दु, नेशनल माइकोफाइनान्स लघुवित्तको २.१५ प्रतिशत बढेर ४.२६ प्रतिशत बिन्दुमा खराब कर्जा रहेको छ ।

२१ लघुवित्तले घटाए खराब कर्जा 

समीक्षा अवधिमा २१ वटा लघुवित्तले भने खराब कर्जा घटाएका छन्, जसमध्ये आशा लघुवित्तको ०.४ प्रतिशत घटेर ४.९४ प्रतिशत बिन्दु, सपोर्ट लघुवित्तको १.७९ प्रतिशत घटेर १.६४ प्रतिशत बिन्दु, समाज लघुवित्तको ७.०५ प्रतिशत घटेर ४.४८ प्रतिशत बिन्दु, कालिका लघुवित्तको ८.४२ प्रतिशत घटेर ४.२४ प्रतिशत बिन्दु, ग्लोबल आइएमई लघुवित्तको ८.६१ प्रतिशत घटेर ४.३५ प्रतिशत बिन्दुमा खराब कर्जा रहेको छ ।

असोजसम्म जनउत्थान सामुदायिक लघुवित्तको १०.३८ प्रतिशत घटेर ८.६३ प्रतिशत बिन्दु, नेष्डो समृद्ध लघुवित्तको १०.६१ प्रतिशत घटेर १३.३ प्रतिशत बिन्दु, स्वाबलम्बन लघुवित्तको ११.६० प्रतिशत घटेर १०.९७ प्रतिशत बिन्दु, एनएमबि लघुवित्तको १२.३७ प्रतिशत घटेर ६.३७ प्रतिशत बिन्दु, निर्धन उत्थान लघुवित्तको १७.७३ प्रतिशत घटेर १०.१६ प्रतिशत बिन्दुमा खराब कर्जा रहेको छ ।

समीक्षा अवधिमा मेरो माइक्रोफाइनान्स लघुवित्तको १८.३४ प्रतिशत घटेर ९.३९ प्रतिशत बिन्दु, गुराँस लघुवित्तको २५.९९ प्रतिशत घटेर ३.१६ प्रतिशत बिन्दु, सिवाईसी नेपाल लघुवित्तको २९.६६ प्रतिशत घटेर ४.६ प्रतिशत बिन्दु, मानुषी लघुवित्तको ३०.१० प्रतिशत घटेर ५.१३ प्रतिशत बिन्दु, समता घरेलु लघुवित्तको ३६.६५ प्रतिशत घटेर ४.५८ प्रतिशत बिन्दु, महिला लघुवित्तको ४२.०७ प्रतिशत घटेर २.८५ प्रतिशत बिन्दुमा खराब कर्जा झारेका छन् ।

सामुदायिक लघुवित्तको ४३.५७ प्रतिशत घटेर ६.४१ प्रतिशत बिन्दु, श्रृजनशील लघुवित्तको ४४.४१ प्रतिशत घटेर ७.४७ प्रतिशत बिन्दु, ग्रामीण विकास लघुवित्तको ५८.४३ प्रतिशत घटेर ४.७८ प्रतिशत बिन्दु, आरम्भ चौतारी लघुवित्तको ६१.०२ प्रतिशत घटेर २.१४ प्रतिशत बिन्दु र उपकार लघुवित्तको ७४.१२ प्रतिशत घटेर १.२५ प्रतिशत बिन्दुमा खराब कर्जा झारेका छन् ।

समीक्षा अवधिमा २६ वटा लघुवित्त संस्थाको खराब कर्जा ५ प्रतिशतभन्दा बढी रहेको छ, जसमध्ये एनआईसी एशिया लघुवित्त, नेरुडे मिर्मिरे लघुवित्त, युनिक नेपाल लघुवित्त, आत्मनिर्भर लघुवित्त, नेष्डो समृद्ध लघुवित्त, मातृभूमि लघुवित्त, इन्फिनीटी लघुवित्त, स्वाबलम्बन लघुवित्त, नाडेप लघुवित्त, निर्धन उत्थान लघुवित्तको खराब कर्जा १० प्रतिशतभन्दा माथि रहेको छ ।

राष्ट्र बैंकका अनुसार ५ प्रतिशतभन्दा बढी खराब कर्जा भएका बैंक तथा संस्थालाई नेपाल राष्ट्र बैंकले शीघ्र सुधारात्मक कारवाही गर्न सक्ने कानुनी व्यवस्था छ । राष्ट्र बैंकले शीघ्र सुधारात्मक कारवाही अगाडि बढाएर लाभांश वितरणदेखि नयाँ शाखा कार्यालय खोल्न नपाउने प्रावधान छ । तर, लघुवित्त संस्थाको हकमा खराब कर्जा ५ प्रतिशतभन्दा बढी भएपनि लाभांश वितरणमा भने रोक लगाउने व्यवस्था छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.