नेप्सेले सार्वजनिक गर्याे कारोबार योग्य ११२ कम्पनी (सूचीसहित)

  २०८१ मंसिर ६ गते १९:५८     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले कारोबार योग्य कम्पनीको सूची सार्वजनिक गरेको छ । नेप्सेले पहिलोपटक धितोपत्र व्यापारी (स्टक डिलर)का लागि कारोबार योग्य ११२ कम्पनीको सूची सार्वजनिक गरेको हो ।

धितोपत्र व्यापारी (स्टक डिलर) कार्य सञ्चालन सम्बन्धी कार्यविधि, २०७७ को परिच्छेद २ को दफा ३ (२) बमोजिम योग्य कम्पनीहरूको सूची सार्वजनिक गरेको नेप्सेले जनाएको छ ।

कारोबार योग्य कम्पनीहरू दफा ३(३) बमोजिम आर्थिक वर्ष २०८१/८२ का लागि अद्यवधिक गरी सोही कार्यविधिको दफा ३(१) मा रहेको व्यवस्था बमोजिम सूची सार्वजनिक गरिएको नेप्सेको भनाइ छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.