२०८१ मंसिर ७ गते ८:१९ विकासन्युज
काठमाडौं । तीन महिनामा साढे ३ अर्ब रुपैयाँको बोनस सेयर सूचीकृत भएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को तीन महिनामा ३ अर्ब ४३ करोड बराबरको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको हो ।
यस्तै, १ अर्ब ७२ करोड रुपैयाँ बराबरको हकप्रद सेयर र ४७ लाख रुपैयाँ बराबरको एफपीओ गरी कुल ५ अर्ब १५ करोड रुपैयाँ बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।
२०८१ असोजसम्म नेप्सेमा सूचीकृत ८ अर्ब ३९ करोड सेयरको चुक्ता मूल्य ८ खर्ब ३२ अर्ब ९ करोड रुपैयाँ रहेको छ ।
समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले ४ अर्ब ६ करोड रुपैयाँ बराबरको हकप्रद सेयर र ७० करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड गरी कुल ४ अर्ब ७६ करोड रुपैयाँ बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.