पर्साको पोखरिया अस्पताल ५० शैयामा स्तरोन्नति हुँदै

  २०८१ मंसिर ७ गते १०:१२     विकासन्युज

वीरगञ्ज । सरकारले पर्साको पोखरिया अस्पताललाई ५० शैयामा स्तरोन्नति गरेर प्रादेशिक अस्पताल बनाउने निर्णय गरेको छ । सङ्घीय मन्त्रिपरिषद्को बिहीबारको बैठकले १५ शैयाको उक्त अस्पताललाई स्तरोन्नति गर्ने निर्णय गरेको हो ।

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले बिहीबारको मन्त्रिपरिषद्को बैठकले १५ शैयायुक्त पोखरिया जिल्ला अस्पताललाई ५० शैयामा स्तरोन्नति गर्दै प्रादेशिक अस्पताल घोषणा गर्ने निर्णय गरेको सामाजिक सञ्जालबाट जानकारी दिएका छन् ।

वर्षौंदेखिको प्रयास र जनताको माग पूरा हुन लागेको उल्लेख गर्दै उनले अस्पताल स्तरोन्नतिको निर्णयबाट पोखरियाका लागि मात्र नभएर मधेस प्रदेशको स्वास्थ्य सेवामा नयाँ आयाम थपिने विश्वास व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.