१५.७८ प्रतिशत लाभांश बाँड्ने कोष व्यवस्थापनको घोषणा

  २०८१ मंसिर ९ गते ८:२४     विकासन्युज

काठमाडौं । कोष व्यवस्थापन कम्पनीले लाभांश घोषणा गरेको छ । कोष व्यवस्थापनको कात्तिक २६ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को सञ्चित नाफाबाट करसहित १५.७८९५ प्रतिशतका दरले ४९ लाख २ हजार ३२३ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

लाभांश पारित गर्न कम्पनीले मंसिर २९ गते बिहान साढे ११ बजे कृषि विकास बैंकको मुख्य कार्यालयमा १८औँ वार्षिक साधारण सभा आह्वान गरेको छ ।

कम्पनीको सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८१ असारसम्मको वासलात, हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वार्षिक वित्तीय विवरण र आर्थिक वर्ष २०८१/८२ को लागि लेखापरीक्षकको नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.