२०८१ मंसिर ९ गते १७:३९ विकासन्युज
काठमाडौं । महिला उद्यमी महासंघ नेपालले अस्ट्रेलियाको मेलवर्नमा ‘मेड इन नेपाल एक्स्पो-२०२४’ को आयोजना गर्ने भएको छ । महासंघले नेप्को इन्टरटेनमेन्टसँगको सहकार्यमा उक्त एक्स्पो गर्न लागेको हो ।
मेड इन नेपाल एक्स्पो डिसेम्बर १४ देखि र १५ सम्म हुने महासंघकी अध्यक्ष शोभा ज्ञवालीले बताइन् ।
उनले सहआयोजक भएर अन्तर्राष्ट्रिय प्रदर्शनमा भाग लिन जान लागेको जानकारी दिइन् ।
मेड इन नेपाल एक्स्पोमा कच्चा पदार्थहरूका साथै स्थानीय सीप तथा प्रविधिको प्रयोगबाट उत्पादन भएका वस्तु तथा सेवाहरू प्रदर्शनीका लागि राखिने जनाइएकाे छ।
प्रदर्शनीमा महिला उद्यमी महासंघले नेपाली उद्यमीद्वारा उत्पादन गरिएका हस्तकला, कृषि, पर्यटन, खाद्य उत्पादनका साथै नेपाली सांस्कृतिक उत्पादनको प्रवर्धन, प्रदर्शन तथा बिक्रीवितरण गरिने सहआयोजकले जानकारी दिएको छ ।
उक्त प्रदर्शनीले अन्तर्राष्ट्रिय स्तरमा नेपाली उत्पादनको बजारलाई समेत अध्ययन गर्न महत्त्वपूर्ण भूमिका हुने औंल्याउने अध्यक्ष ज्ञवालीको भनाइ छ ।
नेपाली उद्यमीहरूले लघु, घरेलु, साना तथा मझौता उद्योगहरूमार्फत वस्तु तथा सेवाको उत्पादन तथा बिक्रीवितरण गर्दै आइरहेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.