२०८१ मंसिर १० गते ७:२९ विकासन्युज
काठमाडौं । एशयिन लाइफ इन्स्योरेन्सले घरजग्गा खरिद गर्ने भएको छ । इन्स्योरेन्स कम्पनीले काठमाडौं तथा ललितपुरमा २ देखि ३ रोपनी जग्गा खरिद गर्न लागेको हो ।
कम्पनीकाअनुसार काठमाडौं वा ललितपुर महानगरपालिका रिङ्गरोडभित्र वा जोडिएका स्थानमा .घर तथा जग्गा आवश्यक परेको छ । उक्त स्थानमा घर तथा जग्गा बिक्री गर्न इच्छुकले ७ दिनभित्र बोलपत्र पेश गर्नुपर्नेछ ।
प्रस्तावित जग्गामा कम्तिमा २० फिटको सडक हुनुपर्नेछ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.